इजरायलीकाे हमलामा ७३ जनाको मृत्यु भएकाे हमासकाे दाबि
हमासले उत्तरी गाजाको बेत लाहिया क्षेत्रमा इजरायली हमलामा ७३ जनाको मृत्यु भएको जनाएकाे छ ।
हमासका अधिकारीहरूले इजरायलकाे आक्रमणमा परी बेत लाहिया क्षेत्रमा महिला र बालबालिकाको पनि मारिएकाे उल्लेख गरेका छन् ।
अधिकारीहरूका अनुसार शनिबार राति अबेर राति भएको बम विस्फोटबाट यो हमला गरिएको थियो जसमा धेरै मानिसहरु घाइते पनि भएका छन् । अझै पनि धेरै मानिस भग्नावशेषमा फसेका छन् ।
यस आक्रमणको सम्बन्धमा इजरायलले यससँग सम्बन्धित रिपोर्टको छानबिन गरिरहेको जनाएको छ। मृत्यु भएकाकाे बारेमा भने इजरायली सेनाले बढाइचढाइपूर्ण विवरण भएकाे आरोप लगाएको छ।
आक्रमणका कारणा बेत लाहिया क्षेत्रमा इन्टरनेट र सञ्चार सेवा पूर्ण रूपमा बन्द भएकाले उद्धार कार्यमा पनि बाधा पुगेको बताइएकाे छ ।
Facebook Comments

