कांग्रेस सांसद विनोद चौधरीसँग सिआईबीको बयान

बाँसबारी जग्गा हिनामिना प्रकरणमा उद्योगपति एवम् नेपाली कांग्रेसका सांसद विनोद चौधरीसँग नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूराे सिआईबीले बयान लिन सुरु गरेको छ ।

सरकारी वकिलको कार्यालयमा बिहीबार बिहान ८ बजेदेखि चौधरीको बयान लिन लागिएकाे हाे ।

बाँसबारी जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले अनुसन्धान गर्दै आएको छ । बुधबार मात्रै सीआईबीले सभामुख देवराज घिमिरेलाई पत्र लेखेर सांसद चौधरीमाथि पनि अनुसन्धान भइरहेको जानकारी गराएको थियो ।

बाँसबारी छालाजुत्ता कारखाना लिमिटेडको नाममा दर्ता कायम रहेको १० रोपनी जग्गा च्याम्पियन फुटवेयर लिमिटेडको नाममा स्वामित्व हस्तान्तरण भएको थियो । अहिले साे जग्गामा चाैधरी परिवारकै स्वामित्वमा निजी शैक्षिक संस्था सञ्चालनमा रहेकाे छ ।

Facebook Comments