नारायणगढ-मुग्लिन सडक १३ फागुनदेखि बन्द नहुने
सडकमा पूल निर्माणका लागि भित्ता काट्ने प्रयाेजनका लागि दैनिक ४ घण्टा बन्द हुने नारायणगढ–मुग्लिन सडकखण्ड फागुन १३ गतेदेखि बन्द नगरिने भएको छ।
तेस्रोपटक थपेको म्याद यही फागुन १२ गते सकिँने र अबको कामका लागि सवारी रोक्नुनपर्ने नागढुंगा–मुग्लिन सडक आयोजना जनाएकाे छ ।
नागढुंगा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का प्रमुख केदार नेपालका अनुसार पुस ७ गतेदेखि क्रमशः २१ दिनका दरले तेस्रोपटक सडक बन्द गरेर काम गरिएको हो।
नेपालले त्यहाँको ढिस्को भत्काउने काम अब तीन मिटर मात्रै बाँकी रहेकाे र सवारी सूचारू गरेरै पनि बाँकी काम गर्न मिल्ने बताउनुभयाे ।
अनक कन्स्ट्रक्सनले २०७६ चैत १० गतेदेखि निर्माण थालेको पुलको लागत रु. एक अर्ब २८ करोड छ ।
Facebook Comments

