रवि लामिछाने सांसदबाट निलम्बित
संसद सचिवालयले रवि लामिछाने सांसद पदबाट निलम्बनमा परेको सूचना प्रकाशित गरेको छ।
सम्पत्ती शुद्धीकरणकाे मुद्दा दायर भएपछि सांसद पदबाट निलम्बन हुने प्रावधान रहेकाे भन्दै संघीय संसद सचिवालयले चितवन–२ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति निलम्बनमा परेको सूचना प्रकाशित गरेको हाे ।
कास्की जिल्ला अदालतमा लामिछाने विरुद्ध सम्पत्ती शुद्धीकरणको मुद्दा दायर भएकाले मुद्दा किनारा नभएसम्म निलम्बनमा रहने कानुनी व्यवस्था रहेकाे सूचनामा उल्लेख छ ।

Facebook Comments

