आहा रारा पोखरा गोल्डकपः आर्मी क्लब र राइजिङ स्टार भिड्दै
माेफसलमा सञ्चालन हुने आहा रारा पोखरा गोल्डकप २३औं संस्करणकाे दोस्रो दिन आज बुधबार विभागीय टिम त्रिभुवन आर्मी क्लब र राइजिङ स्टार फुटबल क्लब भिड्दैछन् ।
खेल दिउँसो २ बजेदेखि पोखरा रंगशालामा हुनेछ । आहारारा पोखरा गोल्डकपमा यो विभागीय टिम आर्मीको १५ औं सहभागिता हो भने राइजिङ स्टारको पहिलो ।
आजको खेल जित्ने टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछ र माघ १४ गते डिफेन्डिङ च्याम्पियन संकटा क्लबको सामना गर्नेछ ।
त्रिभुवन आर्मी क्लब पटकपटक उपाधि नजिक पुगेपनि उपाधि भने चुम्न सकेकाे छैन ।
२३औं आहा राराको पहिलो खेल आयोजक सहारा र थ्रीस्टार क्लबबीच भएको थियो । जसमा आयोजक सहारालाई २-१ ले हराउँदै थ्रीस्टार क्वार्टरफाइनल पुगेको छ । थ्रीस्टारले अब माघ १३ गते आमन्त्रित भुटानी टिम पारो एफसीसँग खेल्नेछ ।
Facebook Comments

