नेपाल र कतारवीच द्विपक्षीय सम्झाैता हुने
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र दुई दिने राजकीय भ्रमणमा आएका कतारका अमिर शेख तमिम विन हमाद अल थानीबीच बुधबार द्विपक्षीय वार्ता हुँदैछ।
होटल सोल्टीमा बिहान साढे १० बजे द्विपक्षीय वार्तामा विभिन्न द्विपक्षीय सम्झौताका लागि सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी छ ।
नेपाल र कतारबीच सन् १९७७ जनवरी २१ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। नेपालले सन् २००० जुलाई ११ मा दोहामा राजदूताबास स्थापना गरेको थियो भने कतारले काठमाडौंमा आफ्नो राजदूतावास सन् २०११ अगस्टमा स्थापना गरेको थियो।
कतारका अमिर थानी मंगलबार नेपालको राजकीय भ्रमणमा आउनुभएकाे हाे । मंगलबार नै राष्ट्रपति रामचन्द्र पौडेल र थानीबीच भेटवार्ता भएको थियो भने मंगलबार नै राष्ट्रपति पौडेलले थानीको सम्मानमा रात्रिभोजको आयोजना गर्नुभयाे ।
अमिर थानी बुधबार अपराह्न स्वदेश फर्कनेछन्।

