आहारारा पोखरा गोल्डकपः मच्छिन्द्र फुटबल क्लब र जावलाखेल युथ क्लबबीच हुँदै

पाेखरामा जारी २३ औं संस्करणकाे आहारारा पोखरा गोल्डकप अन्तर्गत आज हुने खेलमा मच्छिन्द्र फुटबल क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

हालसम्म दुवै टिमले आहारारा पोखरा गोल्डकपकाे उपाधि चुम्न सकेका छैनन । आजको खेल जित्ने टिम क्वार्टर फाइनलमा प्रवेश गर्नेछ र माघ १५ गते मनाङमर्स्याङ्दीसँग अन्तिम ४ का लागि प्रतिस्पर्धा गर्नेछ ।

यसअघिका प्रिक्वार्टर चरणका २ खेलबाट आयोजक सहारा क्लबलाई २–१ ले हराउँदै थ्रीस्टार क्लब र राइजिङ स्टार क्लबलाई १–० ले हराउँदै विभागीय टिम नेपाली आर्मी क्लबले अघिल्लाे चरण क्वार्टर फाइनलमा प्रवेश गरेका छन् ।

Facebook Comments