पुल बनाउन दैनिक ४ घण्टा बन्द हुने गरेकाे नारायणगढ–मुग्लिन सडक अब बन्द नहुने

नारायणगढ–मुग्लिन सडक तुइन खोलामा पुल बनाउनका लागि पहाड काट्न सुरू भएपछि दिउँसो चार घण्टा दैनिक बन्द हुँदै आएकोमा आइतबारदेखि भने साे सडकखण्ड बन्द नहुने भएको छ । 

नागढुङ्गा–मुग्लिन सडक आयोजनाले मुख्य रूपमा पहाड काट्ने सकिएकाले आजदेखि बाटो बन्द नगर्ने जनाएकाे छ ।

अब पहाड काट्न एक/दुई मिटर जति बाँकी रहेकाे पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का सूचना अधिकारी इन्जिनियर कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयाे । सवारी सञ्चालन रहेकाे अवस्थामा सजगता अपनाएर पनि काम गर्न सकिने छ ।

तुइन खोलामा पुल निर्माणका लागि पहाड काट्न गत वर्ष र यस वर्ष पुसयता दिनहुँ सडक बन्द हुने गरेको थियो। सडक बन्द गरेर गतवर्षदेखि साठी मिटर अग्लो पहाड काट्न थालिएकाे हाे ।

तुइन खोलामा ६० मिटरको लम्बाइको पुल बन्दैछ । यस सडकका १९ पुलमध्ये १० वटा पुल निर्माण भइसकेका छन् ।

Facebook Comments