नेपाल पत्रकार महासंघ कास्कीद्वारा सात पत्रकार सम्मानित

नेपाल पत्रकार महासंघ कास्कीले सात जना पत्रकारलाई सम्मान गरेकाे छ ।

महासंघ कास्कीले आयोजना गरेको पत्रकारिता पुरस्कार अर्पण समारोहमा सात जना पत्रकार सम्मानित भएका हुन् । शुक्रबार महासंघको सभाहलमा भएको कार्यक्रममा पत्रकारहरु कुलचन्द्र न्यौपाने, ओम हमाल, टंकराज अधिकारी, दिनानाथ बराल, सन्देश श्रेष्ठ, प्रकाश ढकाल र कृपा भण्डारी विभिन्न पुरस्कारबाट सम्मानित भएका हुन् ।

गजेन्द्र भण्डारी सिर्जनशिल राष्ट्रिय पत्रकारिता पुरस्कार २०७९ बाट कुलचन्द्र न्यौपाने (कान्तिपूर), २०८० बाट ओम हमाल (जनसंचार) सम्मानित हुनुभयाे । यो पुरस्कारको राशी नगद २५ हजार रुपैयाँ रहेको छ ।

आर्थिक पत्रकारिता पुरस्कार २०७८ बाट टंकराज अधिकारी (नेपाल समाचार पत्र) र दिनानाथ बराल (कारोबार दैनिक) लाई आर्थिक पत्रकारिता पुरस्कार २०७९ बाट सम्मान गरिएको हो । यो पुरस्कारको राशी नगद २० हजार रुपैयाँ रहेको छ ।

टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार २०७९ बाट सन्देश श्रेष्ठ (नागरिक र एभरेष्ट एफएम ) र २०८० प्रकाश ढकाल (आदर्श समाज) सम्मानित हुनुभयाे ।

यो पुरस्कारको राशी २० हजार १ सय ११ रुपैयाँ रहेको छ । यस्तै २० हजार ५ सय ५५ रुपैयाँ राशीको जगन्नाथ सिग्देश युवा प्रोत्साहन पुरस्कार २०८० बाट कृपा भण्डारी (समय समाचार डट कम) पुरस्कृत हुनुभयाे ।

पुरस्कृत सबै प्रतिभाहरुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, पुरस्कारका संस्थापकहरुले दोसल्ला र सम्मानपत्रसहित सम्मान गरेका थिए ।

Facebook Comments