माओवादी केन्द्रकाे सरकारविरुद्ध खबरदारीसभा

प्रतिपक्षीदल नेकपा माओवादी केन्द्रले सरकारविरुद्ध काठमाडौँमा शक्ति प्रदर्शन गर्दै खबरदारीसभा गरेको छ । शनिवार काठमाडौँमा सडक प्रदर्शन गर्दै माओवादी केन्द्रले सरकारका पछिल्ला कामकारबाहीप्रति खबरदारी गरेकाे हाे ।

खबरदारी सभामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको गठबन्धन सरकार अपारदर्शी र अपारदर्शी रूपमा बनेकाे बताउनुभयाे ।

उहाँले काँग्रेस र एमाले मिलेकाले नै आफ्नाे पार्टी जनताकाे वीचमा आउन पाएकाे भन्दै ती पार्टीलाई धन्यवाद व्यक्त गर्नुभयाे ।

सरकार निर्माणको पृष्ठभूमि, भ्रष्टाचारी, व्यापारी, बिचौलियासँग सरकारको सम्बन्ध रहेकाे भन्दै अध्यक्ष प्रचण्डले सुशासन र भ्रष्टाचारविराेधी अभियान शुरू गरेपछि आफ्नो नेतृत्वकाे सरकार ढालिएकाे तर्क गर्नुभयाे ।

कांग्रेस एमाले जस्ता जालझेलमा विश्वास गर्ने पार्टीहरूसँगकाे विगतकाे सहकार्यबाट पाठ सिकेकाे भन्दै आगामी दिनमा तथा निर्वाचनमा माओवादी केन्द्र एक्लै अघि बढ्ने समेत प्रचण्डकाे जिकीर थियाे ।

सभालाई माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेता हितमान शाक्य, जगत सिंखडा लगायतले सम्बाेधन गर्नुभएकाे थियाे ।

खबरदारी सभामा बाेल्ने नेताहरूले वर्तमान सरकार दलाल र बिचौलियाको घरमा मध्यरातमा बनेको संविधान संशाेधन त केवल बहानमात्र भएकाे उल्लेख गर्नुभयाे ।

यसैवीच अध्यक्ष प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई नभेटेको भन्दै झुठा अफवाह फैलाइएकाे जिकीर गर्नुभयाे ।

Facebook Comments