ज्येष्ठ नागरिकलाई संरक्षण गरेको पोखरा बृद्धाश्रमलाई सरकारको सम्मान

काठमाडाैं – पोखरा बृद्धाश्रमलाई ज्येष्ठ नागरिकको क्षेत्रमा कार्यरत देशभरका संस्थाहरुमध्येबाट सम्मान गरिएको छ ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले चौंथो ज्येष्ठ नागरिक दिवसका अवसरमा पोखरा बृद्धाश्रमलाई सम्मान गरेको हो ।

काठमाडौंमा भएको एक कार्यक्रमकावीच महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर शाह सुडीले दोसल्ला, सम्मान पत्र र सम्मान पोखरा बृद्धाश्रमका अध्यक्ष कुसुमकेशव पराजुलीलाई हस्तान्तरण गर्नुभएको हो ।

ज्येष्ठ नागरिककको हकहित संरक्षण र सम्मानपूर्वक जीवनयापनका लागि निरन्तर कार्य गरेको उच्च मुल्याङ्कन गर्दै आश्रमलाई नगद १ लाख ५० हजार सहित ज्येष्ठ नागरिक वर्ष संस्था २०८१ बाट सम्मान गरिएको हो ।

पोखरा बृद्धाश्रम २०५३ सालमा समाजसेवी ऋषिकेशव पराजुलीको अगुवाईमा स्थापना भएको संस्था हो । यस संस्थाले असहाय ज्येष्ठ नागरिकलाई आवास सहितको आश्रय तथा स्वास्थ्योपचार सेवा उपलब्ध गराउँदै आएको छ ।

त्यस्तै ज्येष्ठ नागरिकको क्षेत्रमा उच्च योगदान पुर्याएको भन्दै पाँचथरकी राधिका देवी थापा र भक्तपुरका कैलशाभक्त प्रधानाङ्गंलाई सम्मान गरिएको छ ।

Facebook Comments