एसईईको नतिजा सार्वजनिक, ४८ प्रतिशत मात्र ११ कक्षा पढ्न याेग्य
राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गरेको छ।
७ बजेपछि बसेको बोर्डको बैठक सकिएपछि नतिजा सार्वजनिक गर्ने निणर्य गरेकाे थियाे।
बोर्डले गरेकाे सार्वजनिक नतिजामा परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थीमध्येको २ लाख ४२ हजार ९२ जना अर्थात् ४७.८६ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् ।
कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार २ लाख ४२ हजार ९२ जना अर्थात् ५२ प्रतिशत विद्यार्थी (एनजी) फेल भएका छन् भने २ सय २१ जनाको परीक्षा रद्द गरिएको छ। यस्तै, १८६ जनाले चार जीपए ल्याएका छन् ।
गत चैत १५ गतेदेखि शुरु भएको एसइईमा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए।
बोर्डले एसइई नतिजा हेर्न परिक्षार्थीका लागि सार्वजनिक सूचना यसअघि नै जारी गरेर जानकारी दिइसकेको छ। एसइई नतिजा वेबसाइट, एसएमएस र आइभिआरबाट हेर्न सकिनेछ।
आइभिआरका लागि नेपाल टेलिकमको ल्यान्डलाइन फोन, मोबाइलबाट १६०० डायल प्राप्त निर्देशनअनुसार नतिजा थाहा पाउन सकिनेछ ।

