एसईई परीक्षा आजदेखि सुरु

कक्षाा १० काे माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा आजदेखि सुरु हुँदै छ । आज चैत १५ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने एसईई परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सन्चालन हुने छ । आज पहिलो दिन अंग्रेजी विषयको परीक्षा शुरू भइसकेकाे छ ।

परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयका २ लाख ५० हजार ७७२ छात्रा, २ लाख ५३ हजार ६२७ छात्र र यौनिक तथा लैंगिक अल्पसंख्यक १५ जना गरी कुल ५ लाख ४ हजार ४१४ जना परीक्षार्थी सहभागी हुँदैछन् ।

Facebook Comments