आ.व. २०८१–०८२ को बजेट आउँदै

सरकारले आज आर्थिक वर्ष २०८१–०८२ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) सार्वजनिक गर्दै छ । 

संविधानमा नै जेठ १५ मा बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान रहेकाे छ। जसअनुसार संघीय संसदमा अर्थमन्त्री वर्षमान पुनले बजेट सार्वजनिक गर्ने कार्यसूची छ ।

यसका लागि सङ्घीय संसद्को संयुक्त बैठक दिउँसो १ बजे बोलाइएको छ ।

सहकारीको रकम हिनामिना र अपचलनबारे गठन गर्ने भनिएको संसदीय छानबिन समितिको कार्यादेशबारे दलहरू सहमति नजिक पुगेकोले आजको संसद् बैठकमा सौहार्दपूर्ण वातावरणमा बजेट प्रस्तुत हुने देखिएको छ । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ प्रधानमन्त्रीसहित कार्यदल सदस्य र कांग्रेस नेताहरूवीचको छलफलमा समितिको कार्यादेशमा लगभग सहमति बनेकोले आज मंगलबार बस्ने कार्यदलको बैठकले अन्तिम रूप दिने  कानुन मन्त्री पदम गिरीले जानकारी दिनुभयाे ।

कांंग्रेसले भने सहकारी ठगी प्रकरणमा  छानविन समिति नबनेमा संसद बैठक अवरूद्ध गर्ने जनाएकाे छ ।

Facebook Comments