नेकपा एसको महाधिवेशनः २१ सदस्यी पदाधिकारी बनाउने
नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय पदाधिकारी २१ सदस्यीय बनाउने सहमति भएको छ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको ८९ औं सचिवालय बैठकले २१ सदस्यीय पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय सदस्य रहने व्यवस्था गर्ने निर्णय गरेको हो।
पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले महाधिवेशनबाटै अनुमोदन हुने गरी केन्द्रीय समिति २९९ सदस्यीय र पदाधिकारी २१ सदस्यीय बनाउने निर्णय गरिएकाे हाे ।
नेकपा एसमा यसअघि १९९ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय भएको थियो। खतिवडाका अनुसार सम्मानित नेता र वरिष्ठ उपाध्यक्ष पद सिर्जना गर्ने समझदारी छ भने केन्द्रीय उपाध्यक्षमा महिला सिट सुरक्षित रहने व्यवस्था गरिएको छ ।
नेकपा एकीकृत समाजवादीकाे महाधिवेशन यही असार १६ गतेदेखि २० गतेसम्म काठमाडौंमा महाधिवेशन हुँदैछ ।
Facebook Comments

