सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै
कृषि तथा पशुपक्षी विकास मन्त्रालयसँग सम्बन्धित सरकार आश्वासन सम्बन्धमा छलफल गर्ने
संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्दैछ ।
बैठक दिउँसो १ बजे संघीय संसद सचिवालय, सिंहदरबारस्थित समितिको हलमा बस्नेछ ।
बैठकमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयसँग सम्बन्धित सरकार आश्वासन सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ । आजको बैठकमा कृषि तथा पशुपक्षी विकास मन्त्री र मन्त्रालयका सचिवलाई आमन्त्रण गरिएको छ ।
Facebook Comments

