आहारारा पोखरा गोल्डकप:अन्तिम क्वार्टरफाइनल खेल चर्च ब्वाइज र नेपाल पुलिस क्लबबीच हुँदै
पोखरामा जारी आहारारा पोखरा गोल्डकपमा आज अन्तिम क्वार्टरफाइनल खेल हुँदैछ ।
अन्तिममा क्वार्टर फाइनलमा पोखरा रंगशालामा दिउँसो साढे २ बजे चर्च ब्वाइज र नेपाल पुलिस क्लबबीच खेल हुनेछ ।

नेपाल पुलिसले जारी संस्करणको प्रिक्वार्टरफाइनलमा अर्को विभागीय टिम एपीएफलाई पराजित गर्दै अन्तिम ८ मा आइपुगेको हो भने चर्च ब्वाइज बाइ पाउँदै सीधै क्वार्टर फाइनलमा प्रवेश गरेको थियो ।
विभागीय टिम नेपाल पुलिस क्लबले ६ पटक आहारारा पोखरा गाेल्डकपको उपाधि चुमेकाे र ५ पटक उपविजेता बनेकाे अनुभवी टिम पनि हो ।
आजको खेल सकिएसँगै सेमिफाइनल समीकरण पूरा हुनेछ भने विजेता टोलीले माघ १८ गते फाइनल प्रवेशका लागि त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । यसअघि थ्रीस्टार, जावलाखेल युथ क्लब र त्रिभुवन आमी सेमिफाइनल पुगिसकेका छन् । थ्रीस्टार क्लव र जावलाखेल युथ क्लबवीच माघ १७ गते अर्काे सेमीफाइनल खेल हुनेछ । त्यस्तै माघ २० गते आहारारा पोखरा गोल्डकपकाे उपाधिका लागि भिडन्त हुनेछ ।

