भीम रावलले पार्टी गठनबारे जानकारी दिन पत्रकार सम्मेलन गर्दै

काठमाडौं । नेकपा एमालेबाट निष्कासनमा परेका नेता डा. भीम रावलले आफ्ना धारणा आज पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तय भएकाे छ ।

बुधबार दिउँसो एक बजे काठमाडौंको कार्की बैन्क्वेटमा रावलले आफ्ना भावी योजनाबारे जानकारी दिन पत्रकार सम्मेलन गर्न लाग्नुभएकाे हाे ।

रावललाई गत १० पुसमा एमालेले पार्टीको संगठित सदस्यबाट हटाउने निर्णय गरेको थियो । त्यसपछि नेता रावल नयाँ पार्टी गठनको तयारीमा जुटेकाे रावलका निकट नेताहरूले बताएका छन् ।

गत सोमबार बिहान मात्रै रावल र नेपाली कांग्रेस (बीपी)का उपसभापति कर्ण मल्ल र सुदूरपश्चिम प्रदेश सभाका स्वतन्त्र सांसद डा. तारा जोशीवीच राजनीतिक बिषयमा छलफल भएकाे थियाे । भेटवार्तामा रावलले गैरकम्युनिष्ट पार्टी गठन गर्ने तयारीमा रहेकाले सहभागी हुन अनुराेध गरेकाे बताइन्छ ।

विभिन्न पार्टीबाट अन्यायमा परेकाहरू एकठाउँमा आएर देशभक्त समाजवादी पार्टी बनाउने प्रस्ताव राखेको स्रोतले जनाएको छ ।

Facebook Comments