अंग्रेजी नयाँ वर्ष सन् २०२५ शुरु
आजबाट अंग्रेजी नयाँ वर्ष इस्वी संवतको सन् २०२५ शुरु भएको छ । नेपालीसहित विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाइरहेका छन् ।

नयाँ वर्षकाे स्वागतमा पाेखराकाे लेकसाइड, काठमाडाैंकाे ठमेल लगायतका स्थानमा विभिन्न कार्यक्रम गरिएकाे थियाे ।
पाेखराकाे लेकसाइड क्षेत्रमा अंग्रेजी नयाँ वर्षका अवसरमा महाेत्सवकाे आयाेजना गरिएकाे छ ।
ग्रेगोरियन पात्रोअनुसार सन् २०२४ को बिदाइ र नयाँ वर्ष सन् २०२५ को स्वागतमा विश्वभर विभिन्न कार्यक्रमहरु आयोजना भइरहेका छन् । यशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिन्छ ।
पछिल्लाे समय अंग्रेजी नयाँ वर्ष नेपालमा पनि विभिनन कार्यक्रमका साथ मनाेरञ्जनका साथ मनाउने गरिन्छ ।
Facebook Comments

