गंगा सोनामलाई नेपाल आइडलकाे उपाधि
गायन रियालिटी शो ‘नेपाल आइडल’ सिजन ६ को उपाधि सिन्धुपाल्चोककी गंगा सोनामले हात पार्नुभएकाे छ ।
आइतबार राति भएको ग्राण्ड फिनालेमा अन्य चार प्रतिस्पर्धीहरूलाई पछि पार्दै साेनामले उपाधि हाँसिल गर्नुभएकाे हाे ।
विजेता बनेसँगै गंगाले पुरस्कारस्वरूप उपाधि ट्रफी, नगद २५ लाख रूपैयाँसहित विभिन्न उपहार समेत प्राप्त गर्नुभएकाे हाे ।
फिनालेमा उपाधिका लागि गंगासँगै बबिता थापा मगर फर्स्ट रनर अप र दर्शना गान्धारी सेकेन्ड रनरअप, अभिनय खाति चौथो बने भने मृनल मानन्धरले पाँचौ स्थानको पुरस्कार जित्न सफल रहनुभयाे ।
फर्स्ट रनर अपले नगद १० लाख र सेकेन्ड रनरअपले ५ लाख रूपैयाँ, चौथो र पाँचाै स्थान हाँसिल गर्नेले नगद एक लाख सहितका उपहार प्राप्त गरेका छन् ।
सुरेश पौडेल र एलेन श्रेष्ठले शोको निर्देशनमा भएकाे नेपाल आइडलको यो सिजनमा निर्णायक मण्डलमा न्ह्यू बज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी थिए ।


