अफगानिस्तानमा भुकम्पः ८ सय बढीकाे मृत्यु

अफगानिस्तानमा ६ म्याग्निच्युडको भूकम्प जाँदा मृत्यु हुनेको संख्या ८ सय बढी पुगेको छ।

भूकम्पमा परी ८०० जना भन्दा बढीले ज्यान गुमाएको र २५०० भन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । यो संख्या अझै बढ्न सक्ने अधिकारीहरूले बताएका छन् । 

आइतबार राति ११:४७ बजे नांगरहार प्रान्तको जलालवाद सहरबाट १७ किलोमिटर उत्तरपूर्वी भूभागलाई केन्द्र बनाएर ६ म्याग्निच्युडको भूकम्प गएको थियो ।

भुकम्पपछि उद्दार कार्य जारी छ भने तालिवान सरकारले सहयाेगका लागि अपिल गरेकाे छ ।

केन्द्र रहेको सहरमा २ लाख मानिस बस्थे तर भूकम्पबाट सबैभन्दा धेरै क्षति जलालवादको उत्तरी प्रान्त कुनारमा भएको छ। जहाँ ढुंगा र माटोले बनेका घरहरू थिए।

भूकम्पको धक्का केन्द्रबिन्दुबाट २ सय किलोमिटर टाढाको काबुल र झन्डै ४०० किलोमिटर टाढा रहेको पाकिस्तानको राजधानी इस्लामावादसम्म महसुस भएको थियो।

६ म्याग्निच्युड कम्पनपछि ४.५ देखि ५.२ तीव्रताका कम्तीमा तीन पराकम्प पनि आएका थिए।

Facebook Comments