सरकारले नीति तथा कार्य्रकम ल्याउँदै
सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ ।
आज संघीय संसद (प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक)मा सरकारकाे नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागिएकाे हाे ।
संघीय संसद्को बैठक दिउँसाे ३ बजे बजेका लागि बोलाइएको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ ।
संघीय संसद् सचिवालयले अनुसार बैशाख २८ गतेसम्म नीति तथा कार्य्रकम पारित गरी विनियाेजन विधेयक र बजेटकाे तयारीमा लाग्ने कार्यसूची तय गरेकाे छ । जस अनुसार वैशाख २२ देखि २८ गतेसम्म सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुनेछ ।
हरेक वर्ष जेठ १५ मा आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने संवैधानिक प्रावधान छ ।
Facebook Comments

