५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको फैसला आज
सर्वोच्च अदालतले ५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको फैसला आज सुनाउँदै छ ।
२०७७ माघ र २०७८ असार गरी दुई चरणमा गरिएका संवैधानिक नियुक्तिविरुद्ध दायर १५ वटा रिटमाथिको सुनुवाइ गत जेठ १ गते नै सकिएको थियो ।
सुनुवाइ सकिएपछि गत जेठ २८ गते निर्णय सुनाउने मिति तय भएको थियो । त्यस दिन अन्य मुद्दाहरू हेर्न नभ्याइनेमा राखी न्यायधीशहरू छलफलमा जुटेपनि निर्णय नसुनाइ निर्णय सुनाउने मिति असार १८ लाइ निर्णय सुनाउने मिति ताेकिएकाे थियाे ।
त्यतिबेला प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुँडाल र नहकुल सुवेदीबिच लामाे छलफल समेत भएकाे थियाे । सर्वाेच्चले सुनाउने फैसला अर्थपूर्ण हुने विश्लेषण गरिएकाे छ ।
Facebook Comments

