माैसमः काेशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको संभावना

नेपालमा हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ ।

महाशाखाले सबै प्रदेशका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको जनाएकाे छ । त्यस्तै कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

महाशाखाले आज राती देशभर साधारणतया बदली रहनेछ । त्यस्तै कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी, लुम्बिनी र सूदुरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

महाशाखाले गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

Facebook Comments