सरकार र यातायात व्यवसायीबीच छ बुँदे सहमति

प्रधानमन्त्री कार्यालयले राइड सेयरिङसम्बन्धी नियमावली एवं निर्देशिका स्थगन गर्न अनुराेध गर्ने

सरकार र यातायात व्यवसायीबीच छ बुँदे सहमति भएको छ । व्यवसायीले भने सहमति भएपनि गण्डकी प्रदेश सरकारले राइड सेयरिङ सम्बन्धी निर्देशिका स्थगन गरेमात्र यातायात बन्द फिर्ता लिने जनाएका छन् ।

सोमबार अबेर रातिसम्म भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलमा सरकार र व्यवसायीवीच छ बुँदे सहमति भने जुटेको छ।

सहमति अनुसार गण्डकी प्रदेश सरकार र अन्य प्रदेशमा ल्याइएको राइड सेयरिङसम्बन्धी नियमावली एवं निर्देशिका स्थगन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मार्फत अनुरोध गरिनेछ।

गण्डकी प्रदेश सरकारले राइड सेयरिङसम्बन्धी नियमावली स्थगन गर्न सहमति जनाएपछि यातायात व्यवसायीहरूले आन्दोलनका कार्यक्रम फिर्ता लिने जनाएका छन् ।

त्यस्तै सार्वजनिक यातायात सुधारका लागि सुझाव सिफारिस कार्यदल गठन गर्ने, सर्वोच्च अदालतको मिति २०८०/१२/२० गतेको परमादेश कार्यान्वयनको लागि गृह मन्त्रालयबाट आवश्यक कारबाही बढाउन सिफारिस गर्ने लगायतकाे सहमति भएकाे छ ।

Facebook Comments