बुधबारदेखि यातायात सुचारू हुने

यातायात व्यवसायीहरूकाे हड्तालका कारण बन्द रहेकाे यातायात भाेलीबाट सुचारू हुने भएकाे छ । यातायात व्यवसायीले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् ।

गण्डकी प्रदेश सरकारले संघीय सरकारकाे अनुराेधमा राइड सेयरिङ सम्बन्धि नियमावली एक महिनाका लागि स्थगन गरेसँगै व्यवसायीले जारी आन्दोलन फिर्ता लिएका हुन् । 

गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी नियमावलीको विरोध गर्दै यातायात व्यवसायीहरू आन्दोलनमा उत्रिएका थिए ।

Facebook Comments