चीनले प्रदर्शन गर्याे विशाल सैन्य परेड

चीनले बुधबार राजधानी बेइजिङमा दोस्रो विश्वयुद्ध अन्त्यको ८० वर्षको अवसरमा एक विशाल सैन्य परेड प्रदर्शन गरेकाे छ ।

देशको इतिहासकै सबैभन्दा ठुलो यस परेडमा चिनियाँ राष्ट्रपति सी जिनपिङले विश्वका नेताहरू, जसमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, उत्तर कोरियाली नेता किम जोङ उन, प्रधानमन्त्री केपी शर्मा ओली, म्यान्मारका सैन्य प्रमुख मिन आङ ह्लाइङ, इरानी राष्ट्रपति मसूद पेजेस्कियान, पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरीफ, मंगोलियाका राष्ट्रपति खुरेलसुख उख्ना, उज्बेक राष्ट्रपति शावकत मिर्जियोयेभ र बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्को सहित विभिन्न देशका राष्ट्रपमुख लगायतका नेताहरू पनि समावेश छन् ।

चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाले प्रत्यक्ष प्रसारणा गरेकाे कार्यक्रममा विभिन्न सैन्य काैशलहरू प्रदर्शन गरिएकाे थियाे । बुधवार बिहान ९ बजे (नेपाली समय अनुसार बिहान ६:४५) बाट सुरु भएकाे हाे ।

चीनले यस्तो विजय दिवसको अवसरमा सैन्य परेडको आयोजना गरेको यो दोस्रो पटक हो। यसअघि, १० वर्ष पहिले सन् २०१५ मा पहिलो पटक भव्य परेडको आयोजना गरिएको थियो।

679119
  • परेडमा के-के देख्न सकिन्छ?

यस परेडमा चीनको सैन्य शक्तिको भव्य प्रदर्शन हुनेछ, जसमा उन्नत सैन्य उपकरणहरू जस्तै ड्रोन, हाइपरसोनिक मिसाइल, र फाइटर जेटहरू प्रदर्शनमा राखिएकाे थियाे । चिनियाँ सैन्य अधिकारीहरूका अनुसार, यस परेडमा जनमुक्ति सेना (पीएलए) का सयौँ विमानहरू प्रदर्शन गरिएकाे छ ।

सरकारी मिडियाका अनुसार, परेडमा ८० बिगुलरहरू उपस्थित रहेकाे छ, जसले दोस्रो विश्वयुद्धमा साम्राज्यवादी जापानको पराजय भएको ८० वर्षको सङ्केत गर्नेछ। यसका अतिरिक्त, १ हजार भन्दा बढी सङ्गीतकार १४ लहरमा उपस्थित हुनेछन्, जसले सन् सन् १९३१ मा जापानको मन्चुरिया आक्रमणपछि चीनको प्रतिरोधको प्रत्येक वर्षलाई प्रतिनिधित्व गर्नेछ।

‘विजय दिवस’ परेडमा सहभागी ४५ सैनिक टुकडीले बेइजिङको तियानमेन स्क्वायरमा सीको अगाडि मार्च पास गरेका थिए । यस अवसरमा चीनीयाँ राष्ट्रपति सीले सम्बोधन गर्नुभएकाे थियाे ।

Facebook Comments