स्रोत नखुलेको ९५ लाख सहित ४ जना नियन्त्रणमा

प्रहरीले स्रोत नखुलेको रु. ९५ लाख १७ हजार ५०० रकम सहित ४ जनालाई नियन्त्रणमा लिएकाे छ ।

हिजाे दिउँसा ५ बजेको समयमा काठमाडौं महानगरपालिका ९ पिङ्गलास्थान स्थित पशुपति भिजन अगाडी
सडकमा २ वटा मोटरसाइकलमा सवार रहेकाे अवस्थामा साेधपुछ गरी खानतलासी क्रममा उक्त रकम भेटिएकाे हाे ।

प्रहरीले शङ्कास्पद अवस्थामा उल्लिखित ४ जना व्यक्तिहरूको साथमा रहेको झोला रीतपूर्वक खानतलासी गर्दा
स्रोत खुल्न नसकेको रु. ९५ लाख १७ हजार ५०० रकम फेला पारी उक्त रकम सहित निजहरूलाई नियन्त्रणमा
लिइ अनुसन्धान गरिरहेको जनाएकाे छ ।

पक्राउ परेका प्रतिवादीहरूमा काठमाडौंकाे तार्केश्वर नगरपालिका ३ फेदी घर भएका वर्ष २९ को समुन्द्र जमकट्टेल, सप्तरीकाे सप्तकोशी नगरपालिका १ घर भएका वर्ष ४३ को गणेश राई, लमजुङकाे दोर्दी गाउँपालिका ३ घर भएका वर्ष ३१ को सन्तोष गुरुङ र साेही स्थानका वर्ष ३९ को सन्तोष घिमिरे रहेका छन् ।

Facebook Comments