एमालेको दोस्रो विधान महाधिवेशन आज

नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आजबाट सुरु हुँदैछ । आजबाट शुरू भएर तीन दिनसम्म चल्ने महाधिवेशनमा राजनीतिक प्रतिवेदन, विधान संशाेधन, संगठनात्मक प्रतिवेदन पेश हुनेछ ।

ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार ११ बजे विधान महाधिवेशन उदघाटन गर्नुहुनेछ ।

महाधिवेशनमा पार्टी अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, पार्टी उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ ।

स्थायी कमिटी सदस्य कर्ण थापाको फरक मत पनि विधान महाधिवेशनमा प्रस्तुत हुनेछ ।

एमालेमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा संलग्न हुने बिषयमा चर्काे मतभेद रहेकाे छ । यसअघि पार्टी राजनीतिमा सक्रिय हुन राेक लगाउने निर्णय भएकाे सन्दर्भमा पार्टीका बरिष्ठ उपाध्यक्ष इश्वर पाेखरेल सहितका ६ जना पदाधिकारीले फरक मत राखेका छन् ।

विना एजेण्डा निर्णय भएकाे भनेर सार्वजनिक गरिएकाे भन्दै पाेखरेलले विहीबारकाे सचिवालय बैठकमा फरक मत राख्नुभएकाे छ । त्यस्तै स्थायी कमिटी सदस्य कर्ण थापा, उपाध्यक्षद्वय युवराज ज्ञवाली र सुरेन्द्र पाण्डे लगायतले लिखित रूपमा नै फरक मत राखेका छन् । उपाध्यक्ष रामबहादुर थापा बादल, याेगेश भट्टराइ र सचिव गाेकर्ण विष्टले पनि फरक मत राखेका छन् ।

Facebook Comments