विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमानलाई स्पष्टीकरण सोध्ने सरकारकाे निर्णय

घिसिङलाई हटाउने याेजनाका साथ तीनदिने स्पष्टीकरण सोध्ने निर्णय

नेपाल सरकार मन्त्रिपरिषद् बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोध्ने निर्णय गरेकाे छ ।

बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई तीनदिने स्पष्टीकरणे सोध्ने निर्णय गरेको एक मन्त्रीले जानकारी हाे । यसअघि ऊर्जा मन्त्रालयले घिसिङसँग पटक पटक स्पष्टीकरण सोधेको थियो।

घिसिङलाई ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले कार्य सम्पादन मूल्याकंनमा शून्य नम्बर दिएको थियो। 

घिसिङले मन्त्रालयलाई ९८.९९ प्रतिशत अंक दाबी गरी मूल्यांकनका लागि मुख्य कार्यसम्पादन सूचकांक समेटिएको विवरण पेस गरेपनि मन्त्रालयले भने शुन्य अंक दिएकाे हाे ।

घिसिङलाई हटाउन खाेजिरहेकाे सरकारले सम्झौताअनुसार ढिला विवरण बुझाएको विषयलाई हतियार बनाउन खाेजेकाे छ ।

Facebook Comments