एनपिएलमा दुइटा खेल हुँदै

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा दुइटा खेल हुँदैछ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान सवा ११ बजे पहिलो खेल विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सवीच एवं साढे  ३ बजे दोस्रो खेल चितवन राइनोज् र पोखरा एभेन्जर्सवीच हुनेछ।

विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्स दुवै टिम प्लेअफमा पुगिसकेका छन् ।

सुदूरपश्चिम १२ अंकसहित तालिकाको शीर्ष स्थानमा छ। विराटनगर ८ अंकका साथ तेस्रो स्थानमा छ। चितवन राइनोज् र पोखरा एभेन्जर्सले भने प्लेअफ सम्भावना गुमाइसकेका छन्।

Facebook Comments