पूर्वसांसद् मोहम्मद अफताब आलमको निधन
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसांसद् मोहम्मद अफताब आलमको निधन भएको छ ।
स्वास्थ्य अवस्थामा गम्भीर समस्या देखिएको अस्पतालमा उपचाररत आलमको गएराति साढे २ बजे निधन भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।
आलमको दुई साता अगाडि देखि काठमाडौं मेडिकल कलेज (केएमसी)मा उपचार भइरहेको थियो ।
गत जेठमा नक्खु कारागारबाट छुटेलगत्तै पनि भेन्टिलेटरमा राखेर लाई ब्रेन स्ट्रोक भएको थियो । त्यसबेलादेखि नै आलमको कहिले नपाल त कहिले भारतका अस्पतालमा उपचार भइरहेकाे थियाे ।
Facebook Comments

