अमेरिका र चीनवीच व्यापार सम्झाैता
अमेरिकाले चीनसँग नयाँ व्यापार सम्झौता भएकाे बताइएकाे छ । अमेरिकाले चीनसँग जेनेभामा व्यापार सम्बन्धमा उल्लेखनीय प्रगति गरेको जानकारी दिएको छ। ह्वाइट हाउसले जेनेभामा भएको यो सम्झौताको घोषणा गरेको हो।

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट र चीनका उपप्रधानमन्त्री दुवैले व्यापार सम्झाैता बारेकाे छलफललाई रचनात्मक, गहन र स्पष्ट रहेकाे बताएका छन् ।
अमेरिकी अर्थमन्त्री बेसेन्टले अमेरिका र चीनले व्यापार सम्झौतामा उल्लेखनीय प्रगति गरेको जानकारी गराउन पाउँदा मलाई खुसी लागेको भन्दै विस्तृत विवरण साेमबार जारी गरिने उल्लेख गर्नुभयाे ।

अमेरिका हाल चीनसँग १२०० अर्ब डलरको व्यापार घाटामा छ । यही कारणले गर्दा अमेरिकाकाे राष्ट्रपतिमा निर्वाचित भएलगत्तै डाेनाल्ड ट्रम्प नेतृत्वकाे अमेरिकी सरकारले ले करका दरमा व्यापक बृद्धि गरेकाे थियाे ।
राष्ट्रपति ट्रम्पले चिनियाँ आयातमा १४५% कर लगाएपछि बेइजिङले केही अमेरिकी सामानहरूमा १२५% कर लगाएपछि दुई देशहरूबीचको यो पहिलो प्रत्यक्ष भेटघाट थियो ।
करमा भएकाे व्यापक वृद्धिले वित्तीय बजारमा नै प्रभाव परेकाे थियाे ।

