एनपीएल उपाधि भिडन्तः सुदूरपश्चिम र लुम्बिनी आमनेसामने

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटकाे उपाधि भिडन्त आज हुँदैछ ।

एनपीएलकाे दोस्रो संस्करणमा उपाधि भिडन्तका लागि सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स आमनेसामने हुँदैछन् ।

फाइनल खेल त्रिवि क्रिकेट रंगशालामा दिउँसो साढे ३ बजेदेखि सुरु हुनेछ ।

जुट टाेली विजेता भएपनि नयाँ च्याम्पियन हुनेछन् । सुदूरपश्चिम राेयल्स पहिलाे संस्करणकाे उपविजेता हाे भने लुम्बिनी लायन्स पहिलोपटक प्लेअफ पुगेर फाइनलसम्मकै यात्रा तय गरेको छ ।

पहिलो संस्करणमा उपाधि चुमेकाे जनकपुर बोल्ट्स यसपटक लिग चरणबाटै बाहिरिसकेको छ ।

यस संस्करणमा शानदार प्रदर्शन गर्दै शीर्ष स्थानमा रहेको सुदूरपश्चिम पहिलो क्वालिफायर जितेर सिधै फाइनल पुगेकाे हाे । यसपटक जसरी पनि उपाधि जित्ने लक्ष्य सुदुरपश्चिमकाे रहनेछ ।

अर्काेतर्फ उतारचढावपूर्ण खेलका साथ फाइनल पुगेकाे लुम्बिनी पनि पछिल्ला खेलहरूमा उत्कृष्ट लयमा देखिएकाे छ । उपाधि चुम्ने दाउमा लुम्बिनी रहनेछ ।

दुइ टिममा नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेल तथा उपकप्तान दीपेन्द्रसिंह ऐरी प्रतिस्पर्धीका रूपमा देखिनेछ्न् । सुदूरपश्चिम दीपेन्द्रको कप्तानीमा र लुम्बिनी रोहितको कप्तानीमा छ ।

Facebook Comments