एमाले महाधिवेशनः संसद पुर्नस्थापना र निर्वाचनका लागि सर्वपक्षीय सरकार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ‌ओलीले संसद पुर्नस्थापना र निर्वाचनका लागि सर्वपक्षीय सरकारकाे एजेण्डा अगाडि सार्नुभएकाे छ ।

भक्तपुरकाे सल्लाघारीमा पार्टीको ११ औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा उहाँले यस्ता एजेण्डा राख्नुभएकाे हाे ।

उहाँले विभिन्न प्रहारका बाबजुद लोकतन्त्र र एमाले अविचलित रूपमा अगाडि बढेकाे जिकीर गर्नुभयाे ।

एमाले अध्यक्ष ओलीले भदौ २३ र २४ मा देशका आधार स्तम्भमाथि प्रहार भएको बताउँदै पुराना राजनीतिक दलहरूविरुद्ध गलत भाष्य निर्माण गर्न खोजिएको पनि आरोप लगाउनुभयाे

‘सम्झिइरहेको छु, तीन महिनाअगाडिका ती कहालीलाग्दा दिनहरू । जतिबेला देश युद्धभूमिजस्तै जलिरहेको थियो । आततायीहरूबाट जलाइरहेको थियो । जतिबेला संविधान, लोकतन्त्र र यसका आधार स्तम्भ राजनीतिक दलहरूमाथि भीषण हमला गरिएको थियो,’ ओलीले भने, ‘एउटा भाष्य निर्माण गर्ने कोसिस भइरहेको थियो, पुराना पार्टीहरू सकिए, पुराना नेताका दिन गए र एमालेको सान्दर्भिकता समाप्त भयो । यस्तो भाष्य खडा गर्न खोजिएको थियो ।’

अध्यक्ष ओलीले पार्टीविरुद्ध भइरहेको प्रहारबीच पनि पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक र जनता एमालेको साथमा रहेको बताउनुभयाे । सबै पार्टीहरूवीच संविधानकाे रक्षाका लागि सहकार्य हुनुपर्ने त्यसका लागि एमाले तयार रहेकाे उहाँकाे भनाइ थियाे ।

महाधिवेशनमा नेपाली कांग्रेसका कार्यवाहक सभापति पुर्णबहादुर खड्का, नेपाली कम्युनिष्ट पार्टीका देव गुरूङ, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका विभिन्न पार्टीका नेताहरूले सम्बाेधन गरेका थिए ।

Facebook Comments