माघे संक्रान्तिः प्रधानमन्त्री ओलीकाे शुभकामना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माघे संक्रान्ति पर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभएकाे छ ।

मंगलबार सामाजिक सञ्जाल मार्फत शुभकामना सन्देश दिँदै उहाँले आज माघे संक्रान्ति, तराई क्षेत्रमा थारु जातिको माघी पर्व पनि भएको भन्दै सूर्य धनु राशिबाट मकर राशिमा संक्रमण (प्रवेश) गर्ने भएकोले यस दिनलाई मकर संक्रान्ति पनि भन्ने गरिएको बताउनुभएकाे छ ।

उहाँले सामाजिक सञ्चालमा लेख्नुभएकाे सन्देश

‘आज माघे संक्रान्ति, तराई क्षेत्रमा थारु जातिको माघी पर्व पनि हो। सूर्य धनु राशिबाट मकर राशिमा संक्रमण (प्रवेश) गर्ने भएकोले यस दिनलाई मकर संक्रान्ति पनि भनिन्छ । आज घिउ, चाकु, तरुल, तील, खित्रो र विभिन्न प्रकारका कन्दमूल र थारु जातिहरूमा घुंगी खाने चलन छ । सबैलाई मकर संक्रान्ति र माघीको शुभकामना !!’

Facebook Comments