अष्ट्रेलियाको सिड्नीस्थित बोन्डी बीचमा गाेली चल्दा १५ जनाकाे मृत्यु

अष्ट्रेलियाको सिड्नीस्थित बोन्डी बीच (समुद्री तट) मा भएको गोलीकाण्डमा एक १० वर्षीया बालिकासहित कम्तीमा १५ जनाको मृत्यु पुष्टि भएको छ । यस घटनालाई अष्ट्रेलियामा करिब तीन दशकयताकै सबैभन्दा भयावह सामूहिक गोलीकाण्डका रूपमा लिइएको छ ।

आइतबार स्थानीय समयअनुसार साँझ ६:४७ बजे बन्डी बिचमा झन्डै एक हजार मानिसहरूको भिडभाड रहेको बेला गोली चलेको थियो । उक्त घटनामा ४० जना घाइते भएको र उनीहरुको उपचार भइरहेको पनि रोयटर्सले जनाएको छ ।

तीमध्ये दुई जना प्रहरीको अवस्था गम्भीर छ।  

न्यू साउथ वेल्स प्रहरीले दिएको जानकारी अनुसार बन्डी बिच नजिकैको पार्कमा कार्यक्रम भइरहेको थियो ।

पार्क नजिकै रहेको पार्किङ नजिकको पुलबाट दुई जना व्यक्तिले भिडतर्फ अन्धाधुन्ध गोली चलाएका थिए ।

गोली चलाउने ती दुई जना बाबु-छोरा रहेको प्रहरीलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ। उनीहरूको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । घाइतेहरूकाे अवस्थाले गर्दा मृतककाे संख्या बढ्न सक्ने अनुमान छ ।

गोली चलाउने ५० वर्षीय व्यक्ति भने घटनास्थलमै मारिएका सिएनएनले लेखेकाे छ ।

Facebook Comments