आजदेखि एनपीएल, विजेताले १ करोड ११ लाख पुरस्कार पाउने
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट सोमबारदेखि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा सुरु हुँदै छ ।

यसपटक ८ वटा टिम विराटनगर किंग्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमान्डु गोर्खार्ज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।
उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौंकै टोली काठमान्डु गोर्खाज आमनेसामने हुँदैछन् । खेल अपरान्ह ४ बजेदेखि सुरु हुनेछ ।
प्रतियाेगिताकाे विजेता टाेलीले विजेतालाई १ करोड ११ लाख प्राप्त गर्नेछ । त्यस्तै दोस्रो हुनेलाई ५१ लाख, तेस्रोलाई २५ लाख र चौथो हुनेलाई १५ लाख पुरस्कार स्वरूप प्रदान गरिनेछ ।
यसपटक त्रिवि क्रिकेट मैदानमा स्तराेन्नति भएकाे छ । कीर्तिपुरको क्रिकेट मैदान फ्लड लाइट्स सहित उत्कृष्ठ संरचनामा खेल हुँदेछ । फ्लड लाइट्स सहितकाे संरचना आइतबार नै नेपाल क्रिकेट संघलाई हस्तान्तरण गरिसकिएकाे छ ।

