एनपीएलकाे उद्घाटन खेलमा काठमाडौं गोर्खाज विजयी

 एनपीएलको उद्घाटन खेलमा काठमाडौं गोर्खाज ५ विकेटले विजयी भएकाे छ ।

काठमाडाैं गाेर्खाजले जनकपुर बोल्टसलाई ५ विकेटले पराजित गरेको हाे । जनकपुरले दिएको १३१ रनको सामान्य लक्ष्य काठमान्डुले १८ ओभरमा ५ विकेटको गुमाएर पूरा गरेकाे हाे ।

काठमान्डुका बेन चार्ल्सवर्थले २३ बलमा ५ चौका र ३ छक्काको मद्दतमा ४६ रन र आकाश त्रिपाठीले ४५ बलमा ५ चौका प्रहार गर्दै ३९ रन बनाए। भीम सार्की ३ रनमा आउट भए । 

बलिङमा चम्किएका मिलिन्द कुमारले २२ बलमा १ छक्काको मद्दतमा १९ रन बनाए। मिलिन्द कुमार आउट भएपछिको अर्को ओभरको पहिलो बलमा जोन सिमसन पनि १३ रनमा अनिलकुमार साहको एलबिडब्लूको बाहिरिएका थिए ।

तर आदिल अन्सारी ४ बलमा १ छक्काको मद्दतमा नटआउट ८ रन बनाउँदा काठमान्डु दुई ओभरमा बाँकी छदै लक्ष्य पूरा गर्‍यो । बलिङमा जनकपुरका किशोर महतो, अनिलकुमार साह, ललित राजवंशी, यान निकोल लोफ्टी इटन र सञ्जय कृष्णमूर्तिले एक एक विकेट लिए ।

जनकपुरका लागि ओनपिङ ब्याटर आसिफ शेखले अर्धशतक प्रहार गर्न सके ।

उनले ४१ बलमा ६ चौका र १ छक्काको मद्दतमा ५४ रन बनाए।

शाहब अलामको बलमा काठमाडौंका विकेटकिपर सिमसनबाट आसिफ स्टमपिन हुनुअघि जनकपुरका अर्का विदेशी खेलाडी सन्जय कृष्णमूति २ रनमा सन्तोष यादवको बलमा बोल्ड भएका थिए ।

तर मयन कुमार र लाहिरु समाराकूनले पाँचौ विकेटका लागि ४८ रनको साझेदारी भयो। समाराकूनले २१ बलमा २ छक्काको मद्दतमा २२ रन बनाए। अन्तिम ओभरको पाँचौ ओभरमा उनी करण केसी बलमा शाहबबाट क्याच भए। यस्तै मयन यादवले नटआउट ३४ रन बनाए। उनले २९ बलमा २ चौका र १ छक्का प्रहार गरे। अन्तिम बलमा रुपेश सिंहले चौका प्रहार गरे।

बलिङमा मिलिन्द कुमारले ३ विकेट लिँदा करण केसी, सन्तोष यादव र शाहब अलामले १-१ विकेट लिए।

एनपिएलमा भोलि दुई खेल हुँदैछन्। पौने १२ बजे सुरु हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्नेछन्। अपरान्ह चार बजे विराटनगर किंग्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्नेछन्। 

Facebook Comments