क्यानडाकाे टाेरन्टाे विमानस्थलमा विमान दुर्घटना

क्यानडाको टोरन्टो विमानस्थलमा एउटा विमान दुर्घटना भएकाे छ । डेल्टा एयरलाइन्सको विमान अवतरणको क्रममा चिप्लिएर दुर्घटनामा भएको हो ।

दुर्घटनामा १८ जना घाइते भएका छन् जसमध्ये एक बच्चा सहित २ जनाकाे अवस्था गम्भीर रहेकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उक्त विमान रनवेको किनारमा उत्तानो परेको देखिन्छ, जहाँ बाक्लो हिउँ जमेको छ । स्थानीय समय अनुसार दिउँसो करिब पौने तीन बजे विमान पल्टिएको हो । उक्त विमानमा ८० यात्रु सवार थिए ।

Facebook Comments