बामदेव गौतम एकीकृत समाजवादी तेस्राे बरियताका नेता बन्दै

नेकपा एकता राष्ट्रिय अभियानका नेता बामदेव गौतम एकीकृत समाजवादीकाे तेस्राे बरियताकाे नेता हुने पक्का भएकाे छ ।

नेकपा एकीकृत समाजवादी र बामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानको एकता घोषणा हुँदै छ । राष्ट्रिय सभा गृहमा आज एकता घोषणा सभापछि गाैतम तेस्राे बरियताकाे नेता हुनुहुनेछ ।

असार २७ गते एकता सम्बन्धी सहमति पत्रमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष बामदेव गौतमवीच हस्ताक्षर भइसकेकाे छ ।

आज हुने एकता घोषणा सभालाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल तथा नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले सम्बोधन गर्ने तय भएकाे छ ।

हाल समाजवादीमा अध्यक्ष माधवकुमार नेपाल पछि सम्मानित नेताकाे रूपमा झलनाथ खनाल रहनुभएकाे छ ।

Facebook Comments