युक्रेन रूस द्वन्दः युरेपेली नेताहरू र ट्रम्प छलफल गर्दै

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सहित युराेपेली नेताहरूले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग युक्रेन र रूस द्वन्दका सम्बन्धमा छलफलका लागि भेटवार्ता गर्दैछन्।

ट्रम्पले रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग २ दिन अगाडि वार्ता गरेपछि जेलेन्स्की सहितका युराेपेली नेताहरूसँग भेटवार्ता हुन लागेकाे हाे ।

युक्रेनमा युद्धविरामबारे ट्रम्पले शनिबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता भएपनि साे क्रममा सहमतिबारे भने कुनै विवरण सार्वजनिक भएकाे छैन ।

वार्तापछि छलफल सकारात्मक रहेका भनिएपनि औपचारिक जानकारी दिइएकाे छैन ।

यद्यपि ट्रम्पले रूस र युक्रेनवीचकाे युद्ध अन्य गरी स्थायी शान्ति कायम गर्नुपर्ने बताउनुभएकाे छ ।

तीन घन्टासम्म चलेको वार्तामा के कुराकानी भयो, सम्झौता कसरी गर्ने भन्ने विषयमा भएको छलफलबारे ट्रम्पले जेलेन्स्की सहितका युराेपेली नेताहरूलाई जानकारी दिने बताइएकाे छ ।

ह्वाइट हाउसमा यसअघि फेब्रुअरीमा भएकाे भेटमा ट्रम्प र जेलेन्स्कीवीच विवाद भएकाे थियाे ।

Facebook Comments