माैसमः देशभर पश्चिमी वायूको आंशिक प्रभाव
जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेकाे जनाएकाे छ ।
देशका तराई भू-भागमा हुस्सु/कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा बिहानको समयमा आंशिक प्रभाव पर्न सक्ने महाशाखाले जनाएकाे छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।
त्यस्तै आज राती कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।
Facebook Comments

