एनपीएलमा आज दुई खेल हुँदै

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज साेमबार दुई खेल हुँदैछन् । दुवै खेल ‘डर्बी’का रूपमा सञ्चालन हुँदैछन् ।

आज पूर्वका दुई टिम- विराटनगर किङ्स र जनकपुर बोल्ट्स बीच विहान पाैने १२ बजेदेखि पहिलाे खेल हुनेछ । त्यस्तै अपरान्ह ४ बजेदेखि शुने दाेस्राे खेलमा पश्चिमका दुई टिम- कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्नेछन् ।

हालसम्म २ खेलमा २ जित निकालेको विराटनगर तेस्रो जितको खोजीमा रहनेछ भने पहिलो खेलमा पराजित भएको जनकपुर आज दोस्रो खेल खेल्दा जितको खोजीमा हुनेछ ।

जारी एनपीएलमा कर्णालीकाे २ खेल खेल्दा १ जित र १ हारको नतिजा छ भने सुदूरपश्चिमले दुवै खेलमा जीत निकालेकाे छ ।

Facebook Comments