पाल्पाको सिद्देश्वरमा जीप दुर्घटना, ३ जनाकाे मृत्यु
पाल्पाको सिद्देश्वरमा आइतबार राति दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
रैनादेवी छहरा गाउँपालिका-१ सिद्देश्वरको असारेस्थित सल्लेरी पाखापानी सामुदायिक वनमा लागेको डढेलो निभाउन जाने क्रममा लु १ ज २३७७ नम्बरको जीप दुर्घटनामा परेकाे प्रहरीले जनाएकाे छ ।
प्रहरीका अनुसार दुर्घटनामा परी स्थानीय ३६ वर्षीय दीपेन्द्र बुढामगर, ३१ वर्षीय चेतनारायण विक (सुनार) र २३ वर्षीय जनक रेगामी मगरको मृत्यु भएको छ ।
बुढामगर र सुनारको घटनास्थलमै मृत्यु भएको हो भने रेग्मीको उपचारका लागि पाल्पा सदरमुकाम तानसेन लैजाँदै गर्दा मृत्यु भएको हाे ।
रैनादेवी छहरा गाउँपालिका-१ का वडाध्यक्ष सोमबहादुर दर्लामीका अनुसार जीपमा सवार २७ वर्षीय रञ्जन रेश्मी मगर र २३ वर्षीय सोनु (सरोज) बुढा घाइते भएका छन् ।
जीप सडकदेखि झण्डै १ सय ५० मिटर तल खसे्को थियाे ।
Facebook Comments

