टी-२० मा नेपालद्वारा वेस्ट इन्डिजमाथि १९ रनको जित

नेपालले आइसिसीको पूर्ण सदस्यविरूद्ध पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेटमा एतिहासिक जित निकालेको छ। 

युएईको शारजाहमा शनिबार भएको तीन दिवसीय टी-२० काे पहिलो टी-२० खेलमा नेपालले वेस्ट इन्डिजमाथि जित निकालेकाे हाे । दुइ पटककाे क्रिक्रेटकाे विश्वकप विजेता टाेली वेस्ट इन्डिज नेपाली टाेलीसँग १९ रनले पराजित भएकाे हाे ।

नेपालले दिएको १४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले ९ विकेटको क्षतिमा १२९ रन मात्र जोड्न सक्यो।

युनिटी कपको नाम दिइएको यो सिरिज नेपालले आइसिसीको स्थायी सदस्यसँग खेल्न लागेको पहिलो द्विपक्षीय सिरिज हो।

नेपाली टाेलीले पहिलाे सिरिजमा भएकाे जीत र म्यान अफ दि म्याचकाे उपाधि समेत जेनजी आन्दाेलनका क्रममा सहिद भएकाहरूप्रति समर्पण गरेकाे छ ।

सिरिजको तालिका अन्तर्गत दोस्रो टी-२० आई: असोज १३, मा र तेस्रो टी-२० आई: असोज १४ शारजाहमै हुनेछ ।

Facebook Comments