भारतमा राजनीतिक सभामा भागदाैड हुँदा ३६ जनाकाे मृत्यु
भारतमा एक राजनीतिक सभामा भएकाे भागदाैडका क्रममा कम्तीमा ३६ जनाकाे मृत्यु भएकाे बताइएकाे छ ।
तमिल अभिनेता विजय थलापतिको एक राजनीतिक सभामा भागदौड मच्चिँदा बालबालिकासहित कम्तिमा ३६ जनाको मृत्यु भएको छ भने ४० जना गम्भीर घाइते भएका भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

राजनीतिमा प्रवेश गरेका विजय थलापति नेतृत्वको तामिलगा वेत्री काझगम (टिभिके) पार्टीले शनिबार तमिलनाडुको करूर जिल्लामा सभा आयोजना गरेको थियाे ।
उक्त सभामा यो घटनामा मृतकमध्ये कम्तिमा १६ महिला, ९ पुरूष र ६ बालबालिका रहेको तमिलनाडु प्रान्त सरकारले पुष्टी गरेकाे छ ।
उक्त सभामा हजारौंको संख्यामा मानिसहरू उपस्थित थिए । भिड अचानक बढेपछि भागदौड मच्चिएको थियो।
विजयले सम्बोधन गरिरहेकै बेला खचाखच भरिएको सभामा होहल्ला र भागदौड सुरू भएको थियो ।
भागदाैड र साे क्रममा भएकाे मृत्यु लगायतका घटनाकाे अनुसन्धान गर्ने जनाइएकाे छ । घटनाप्रति भारतकाे केन्द्र सरकारले पनि दुःख व्यक्त गरेकाे छ ।
तस्वीरः पिटीआइ

