समानुपातिक उम्मेदवारको बन्द सूचीबारे छलफल गर्न एमाले सचिवालय बैठक बस्दै

फागुन २१ काे प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्द सूची निर्वाचन आयोगमा बुझाउनुपर्ने भएकाले साे बिषयमा छलफल गर्न नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीका अनुसार ११ औँ महाधिवेशनपछि आज  बिहान ११ बजे पार्टी कार्यालय च्यासलमा बस्नेछ । 

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पुस १३ र १४ गते समानुपातिक उम्मेदवारको बन्द सूची निर्वाचन आयोगमा बुझाउनुपर्ने भएकाले एमालेले उक्त सूचीबारे छलफल गर्न बैठक बोलाइएको हाे ।

समानुपातिक उम्मेदवार बन्द सूचीका लागि तल्ला तहबाट नामावाली संकलन भइरहेकाे बताइएकाे छ ।

बैठकमा नेताहरूको कार्य विभाजन लगायत आन्तरिक विषयमा समेत छलफल र निर्णय हुन सक्ने ती नेताको भनाइ छ ।

Facebook Comments