शिक्षकहरूकाे आन्दोलन जारी रहने

नेपाल शिक्षक महासंघकाे आव्हानमा काठमाडाैं केन्द्रित आन्दोलन जारी रहने भएकाे छ ।

महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले आन्दोलन थप बलियो बनाउन शिक्षकहरूलाई आग्रह गर्नुभएकाे छ । साेमबार शिक्षामन्त्रीसँग भएकाे वार्तामा सकारात्मक हुन नसकेकाे सुवेदीकाे भनाइ छ ।

गएराति सरकारसँग भएको वार्तामा कुनै सहमति नजुटेकाे भन्दै सुवेदीले सदा झै ११:०० बजे माइतीघर मण्डलामा उपस्थित हुन आग्रह गर्नुभएकाे छ ।

सुवेदीले सामाजिक सञ्चालमा लेख्नुभएकाे छ, ‘हाम्रो आन्दोलन जारी छ । आज पनि ठिक  ११:०० बजे माइतीघर मण्डला आउनुहोला । राज्य दिन चाहँदैन , आन्दोलन बिना केही पाईदैन । त्यसैले आन्दोलन  बलियो गराऔँ ।’

शिक्षकहरूले ‘मेरो आन्दोलन मेरो सहभगिता । बलियो उपस्थिति , बलियो आन्दोलन – बलियो आन्दोलन, बलियो उपलब्धि ।’ भन्ने नारा सहित गत चैत २० गतेदेखि काठमाडाैंमा आन्दोलन गरिरहेका छन् ।

Facebook Comments