गणतन्त्र दिवस मनाइँदै

आज जेठ १५ गते । राजतन्त्रकाे अन्त्य गरी गणतन्त्र घाेषणा भएका दिन अर्थात् गणतन्त्र दिवस ।

२०६५ जेठ १५ गते निरङ्कुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको थियाे ।

नेपाली सेनाले गणतन्त्र दिवसकाे सम्झनामा नेपाली सेनाले बिगुल विहान सवेरै बजाउनुका साथै तोप र बन्दुकको बढाईं गर्दैछ ।

गणतन्त्र दिवस मुल समारोह समितिको कार्यक्रम सैनिक मञ्च टुँडिखेलमा हुनेछ । समाराेहमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू लगायत उच्च पदस्थ व्यक्तिहरूकाे सहभागिता रहनेछ ।

सरकारले ३ दिनसम्म गणतन्त्र दिवस मनाउने निर्णय गरेकाे छ । जसमा १६ गते सरकारी निकायका घरका छत, बरण्डाहरूमा राष्ट्रिय झण्डा मर्यादापूर्वक राखि सजाउने र दीप प्रज्वलन गर्ने कार्यक्रम रहेकाे छ ।

२०६२/०६३ काे जन आन्दाेलनका क्रममा तत्कालीन राजा ज्ञानेन्द्रले ११ गते दलहरूकाे माग सम्बाेधन गर्नुपरेकाे थियाे भने २०५९ जेठ ८ गते विघटन भएको संसद पुर्नस्थापित भएकाे थियाे ।

Facebook Comments